Kathmandu Press

मनाङ एयरको सञ्चालन अनुमति निलम्बन गर्ने प्राधिकरणको तयारी 

छोटो समयको अवधिमा उक्त एयरले हवाई सुरक्षा नियम उलंघन गरेको पाइएकाले निजको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने तयारी गरेको प्राधिकरणका प्रवक्ता तथा उप–महानिर्देशक जगन्नाथ निरौलाले बताए। 
मनाङ एयरको सञ्चालन अनुमति निलम्बन गर्ने प्राधिकरणको तयारी 

काठमाडौं, असाेज २७ : नेपाल नागरिक उड्डय प्राधिकरण (क्यान) ले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने भएको छ।

छोटो समयको अवधिमा उक्त एयरले हवाई सुरक्षा नियम उलंघन गरेको पाइएकाले निजको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गर्ने तयारी गरेको प्राधिकरणका प्रवक्ता तथा उप–महानिर्देशक जगन्नाथ निरौलाले बताए। उनले  भने, 'छोटो समयको अवधिमा उक्त एयरले हवाई सुरक्षामा गम्भीर उलंघन गरेको पाइयो, सम्भवतः आजै निजको एओसी निलम्बन गर्छौ।'

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा आज बिहान दुर्घटनामा परेको छ। हिजो ओखलढुंगाको रुम्जाटारमा रहेको उक्त एयर शनिबार बिहान रुम्जारबाटबाट पर्यटन लिन लुक्ला गएको थियो। लुक्लाबाट आज बिहान ७ः१३ मिनेटमा लोबुचे उडेको ‘एन–एएनजे’ कलसाइन भएको हेलिकप्टर खुम्बु पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाइ घाइते भएका छन्। उनको  अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ। हेलिकप्टर के कारणले दुर्घटना भयो सोबारे थप अनुसन्धानपछि मात्रै विवरण थाहा हुने प्राधिकरणले जनाएको छ। 
 

प्रकाशित मिति: १२:३१ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्