दुर्घटनामा परेका विद्यार्थीको सहयोगका लागि सरकारले कल्याण कोष स्थापना गर्नुपर्छ : नेता पौडेल
उनले विद्यालयमा विद्यार्थीलाई दुर्घटनामा परी घाइते र अंगभंग भए उपचारको व्यवस्था मिलाउन सरकारले विद्यालयहरुमा विद्यार्थी कल्याण कोष स्थापना गर्नुपर्ने बताए।
काठमाडौं, असाेज २७ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सबै सरकारी विद्यालयमा दुर्घटनामा परेका विद्यार्थीको सहयोगको लागि सरकारले विद्यार्थी कल्याण कोष स्थापना गर्नुपर्ने बताएका छन्।
उनले विद्यालयमा विद्यार्थीलाई दुर्घटनामा परी घाइते र अंगभंग भए उपचारको व्यवस्था मिलाउन सरकारले विद्यालयहरुमा विद्यार्थी कल्याण कोष स्थापना गर्नुपर्ने बताए।
‘विद्यालयमा विद्यार्थीहरु लड्ने वा चोटपटक लाग्ने सम्भावना हुन्छ। विद्यालयभित्रै पनि दुघर्टनामा परेर जीवनभर अपांगता भएको कयौं उदाहरणहरु हामीले देखेका छौं। त्यसैले विद्यालयमा विद्यार्थीहरुलाई दुर्घटनामा पर्दा सहयोग गर्नको लागि विद्यार्थी कल्याण कोष स्थापना गरिनुपर्छ।’
संसदमा संशोधनको लागि लगिएको शिक्षा विधेयक संशोधन गर्दा सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि समाजवाद र लोकतान्त्रीक शिक्षाको प्रावधान उक्त विधेयकभित्र देखिनुपर्ने उनको भनाइ छ।
शिवपुरी माध्यमिक विद्यालयले महाराजगञ्मा आयोजना गरेको ‘हीरक जयन्ती समारोह २०८०’ कार्यक्रममा उनले सबैका लागि गुणस्तरीय शिक्षा पाउने पहुँच स्थापित गराउने गरी विधेयकमा संशोधन हुनुपर्ने धारणा राखे।
कार्यक्रममा रहेका शिक्षामन्त्री अशोक राईतर्फ इसारा गर्दै उनले भने, ‘समाजवाद र लोकतन्त्र शिक्षाभित्र देखिनुपर्छ, ‘सामान्य नागरिकले गुणस्तरीय शिक्षामा पहुँच राख्ने स्थिति विधेयकमा हुनुपर्छ।’
उनले थपे, ‘मैले प्रस्ताव गरेको छु कि हरेक विद्यालयमा अभिभावकसँग जोडिने संयन्त्र बनाइनुपर्छ। शिक्षकले मात्रै जोड गरेर पढाएर विद्यार्थी अब्बल बन्न सक्दैनन्। अभिभावकको दायित्व पनि उत्तिकै हुन्छ। हरेक विद्यालयमा अभिभावकले दायित्व पूरा गर्ने व्यवस्था राज्यले बनाइदिनुपर्छ। शिक्षक र अभिभावक दुवैले विद्यार्थीको सिकाइमा कसरी सहयोग पुर्याउन सक्छन्, त्यसबारे व्यवस्था गर्नुपर्छ।’




-1784031842.jpg)




-1784031842.jpg)

