Kathmandu Press

लोबुचेमा हेलिकप्टर दुर्घटना : घाइते पाइलटको काठमाडौंमा उपचार गरिँदै

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार उनको काठमाडौं ल्याई ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। 
लोबुचेमा हेलिकप्टर दुर्घटना : घाइते पाइलटको काठमाडौंमा उपचार गरिँदै

काठमाडौं, असाेज २१ : आज बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेकाे मनाङ एयरको हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाईंकाे काठमाडौंमा उपचार भइरहेकाे छ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार उनको काठमाडौं ल्याई ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। 

लुक्लाबाट ७ः१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन–एएनजे’ कलसाइन भएको हेलिकप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको हो।

दुर्घटनाको कारण खुलिसकेको छैन। असन्तुलित भएर हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ। 
 
प्रकाशित मिति: ११:५६ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्