Kathmandu Press

प्रचण्ड, शेखर र देउवाको प्रतिबद्धता : कुनै हालतमा गठबन्धन कमजोर हुँन दिँदैनौं

कोशीको बद्लिएको परिथिस्तको सम्बन्धमा छलफलका लागि शनिबार बिहान बालुवाटारमा बसेको बैठकमा तीनै जनाले वर्तमान गठबन्धन नटुटाउने अठोट गरेका छन्। 
प्रचण्ड, शेखर र देउवाको प्रतिबद्धता : कुनै हालतमा गठबन्धन कमजोर हुँन दिँदैनौं

काठमाडौं, असाेज २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस संस्थापन इतर नेता डा. शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ।

कोशीको बद्लिएको परिथिस्तको सम्बन्धमा छलफलका लागि शनिबार बिहान बालुवाटारमा बसेको बैठकमा तीनै जनाले वर्तमान गठबन्धन नटुटाउने अठोट गरेका छन्। 

उक्त बैठकले कांग्रेस सभापति देउवा, कोइराला र प्रचण्डले  वर्तमान गठबन्धनलाई यथावत राख्ने र कमजोर नपार्ने कबुलीयतनामा हस्ताक्षर गरेका छन्। 

उनीहरुले हस्ताक्षर गरेको उक्त पत्रमा लेखिएको छ, ‘हामी वर्तमान सक्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनैपनि हालतमा कमजोर हुन दिदैनौ।’
 
प्रकाशित मिति: ११:४४ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्