Kathmandu Press

पार्टीको प्रचार अनलाइमार्फत गर्छौ : उपेन्द्र यादव

शुक्रबार ललिपुरस्थित पार्टी कार्यालयमा डिजिटल युग अनुसार चल्न वेवसाइट सञ्चालन गरेको बताएका उनले वेवमार्फत आफ्ना पार्टीका गतिविधि बाहिर ल्याउने उल्लेख गरे।
पार्टीको प्रचार अनलाइमार्फत गर्छौ : उपेन्द्र यादव

काठमाडौं, असोज २७ : जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो औपचारिक वेवसाइट आजबाट सञ्चालनमा ल्याएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले वेवसाइटको उद्घाटन गर्दै अब पार्टीका गतिविधि वेवसाइटमा राख्ने र अनलाईनमार्फत पार्टीको प्रचार गर्ने बताए।

शुक्रबार ललिपुरस्थित पार्टी कार्यालयमा डिजिटल युग अनुसार चल्न वेवसाइट सञ्चालन गरेको बताएका उनले वेवमार्फत आफ्ना पार्टीका गतिविधि बाहिर ल्याउने  उल्लेख गरे। उनले छिट्टै पार्टीको प्रचारको लागि अनलाईन सञ्चालन गर्ने जानकारी समेत दिए।

वेवसाइट, अनलाईन र म्यागजिनबाट पार्टी गतिविधिलाई जनतामाझ पुर्याउने उलने बताए। ‘हामी आफैं एउटा टिममार्फत पार्टीका सूचना समाचार, पार्टीको विचारलगायत राष्ट्रिय अन्तराष्ट्रिय कुराहरुलाई लिएर एउटा अनलाईन चलाउने छौं,’ उनले भने, ‘वेवसाइट, अनलाइन र म्यागजिन यी तीन प्लेटफर्मबाट पार्टीका दस्तावेज, नेताका अन्र्तवार्त, वक्तव्यलगायतका विविध गतिविधिलाई जनतासम्म पुर्याउँछौ।’

उनले वेवसाइट सञ्चालनमा आएसँगै रसिद काटेर पार्टी सदस्य बन्ने झन्झटको अन्त्य हुने धारणा समेत राखे।

प्रकाशित मिति: ०७:४७ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्