Kathmandu Press

‘अप्ठ्यारो समयमा कांग्रेसले निकास दिन्छ’

धर्म, जातजाति तथा विभिन्न बहानामा संविधानमाथि हमला हुन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले यसको प्रतिवाद गर्नुपर्ने बताए।
‘अप्ठ्यारो समयमा कांग्रेसले निकास दिन्छ’

जाजरकोट, असोज २७ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अप्ठ्यारो समयमा कांग्रेसले निकास दिँदैआएको बताएका छन्। यसका लागि इतिहास साँची रहेको उनको भनाइ थियो।  

नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देश आर्थिकरुपमा समस्यामा रहेको बताए। विश्वको अन्य मुलुकमा द्वन्द्व हुँदा त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने गरेको उनले उल्लेख गरे।

धर्म, जातजाति तथा विभिन्न बहानामा संविधानमाथि हमला हुन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले यसको प्रतिवाद गर्नुपर्ने बताए।

ऋण लिएर विकास निर्माणका काम गर्नुपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले सबै पक्ष सकारात्मक रुपमा लाग्नुपर्नेमा जोड दिए।

नेतृत्व ठिक  भए मात्र कांग्रेस बन्ने भन्दै उनले यसका लागि नेता तथा जनप्रतिनिधि सच्चिनुपर्ने बताए। समयअनुसार पार्टी रुपान्तरण भएर अगाडि बढ्नुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो। 

प्रकाशित मिति: ०७:१५ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्