हामीले राम्रो काम गर्ने वित्तिकै विरोधीहरूको टाउको दुख्छ : ओली
विश्वबाट राजतन्त्र र अधिनायकवादीहरू समाप्त भइसकेको बताउँदै केही ठाउँमा अपवादका रुपमा रहेका राजतन्त्र जनताको शासन र लोकतन्त्र स्वीकारेर बाँचेको उनले उल्लेख गरे।-1697207919.jpg)
काठमाडौं, असोज २६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले राम्रो काम गर्ने वित्तिकै विरोधीहरूको टाउको दुख्ने गरेको दोहो¥याएका छन्।
शुक्रबार एमाले केन्द्रीय पार्टी स्कुल विभागको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले इमान र सत्यको शत्रु आफ्नो विरोधी रहेका भन्दै समृद्धिको काम गर्ने बित्तिकै तिनीहरुको टाउको दुख्ने गरेको बताएका हुन्।
‘हाम्रो विरोधी भनेकै इमानका शत्रु, सहिको सत्रु र न्यायका सत्रु हाम्रो विरोधी हुन्। सबैमा समृद्धि होस भन्ने बित्तिकै तिनीहरुको टाउको दुख्छ पीर पर्छ,’ उनले भने, ‘यो समाज पिरोलीएको बिथोलिएको स्वार्थी पृष्ठभूमिबाट आएको थिचो मिचो दमनको पृष्ठभूमिबाट आएको समाज छ। यी चुनौतीलाई सामना गर्नुपर्छ।’
विश्वबाट राजतन्त्र र अधिनायकवादीहरू समाप्त भइसकेको बताउँदै केही ठाउँमा अपवादका रुपमा रहेका राजतन्त्र जनताको शासन र लोकतन्त्र स्वीकारेर बाँचेको उनले उल्लेख गरे।
‘विश्वबाट राजतन्त्र समाप्त भयो। अधिनायकवादहरु समाप्त भए। केही ठाउँमा अपवादका रुपमा छन्,’ ओलीले भने, ‘कुनै ठाउँमा राजतन्त्र छन् भने जनताको शासन र लोकतन्त्र स्वीकारेर बाँचेका छन्, नत्र बच्न सक्दैन। कुनै पनि राजतन्त्र लोकतान्त्रिक पृष्ठभूमिबाट आएको हुँदैन्।’
अध्यक्ष ओलीले जनवादी केन्द्रीयता बाहेक अर्को कुनै सङ्गठनात्मक सिद्धान्तको निर्माण नभएको दाबी गरे। उनले भने, ‘लेनीनवादी जनसङ्गठनको अब काम छैन भन्छन्। जनवादी केन्द्रीयताको काम छैन् भन्छन्। जनवादी केन्द्रीयता बाहेक अर्को कुनै संगठनात्मक सिद्धान्तको निर्माण नै भएको छैन्। अहिले सम्म धर्तीमा जन्म भएको जनवादी केन्द्रीयता सिद्धान्त एकल हो।’




-1784031842.jpg)




-1784031842.jpg)

