Kathmandu Press

‘मानव सेवा आश्रमको पूर्ण जिम्मेवारी राज्यले लिन्छ’

लामो समयबाट देशभरका विभिन्न स्थानबाट सडक मानव र असायको उद्दार तथा पालन गर्दै आएको आश्रमले गरेको यो अभियानको उनले खुलेर प्रशंसासमेत गरे।
‘मानव सेवा आश्रमको पूर्ण जिम्मेवारी राज्यले लिन्छ’

काठमाडौं, असोज २६ : प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयबाट देशभरका विभिन्न स्थानबाट सडक मानव र असायको उद्दार तथा पालन गर्दै आएको मानव सेवा आश्रमलाई राज्यले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मानव सेवा आश्रमले कोही पनि सडकमा बस्न नपरोस केही भोकै हुन नपरुन भन्ने हेतुले आजदेखि सुरु भएको ‘मेची-महाकाली राष्ट्रिय उद्दार यात्रा २०८०’ लाई सम्बोधन गर्दै उनले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।  

Hardik ivf

लामो समयबाट देशभरका विभिन्न स्थानबाट सडक मानव र असायको उद्दार तथा पालन गर्दै आएको आश्रमले गरेको यो अभियानको उनले खुलेर प्रशंसासमेत गरे।

राजनीतिज्ञको जीवनमा अनेक तरहका काम र जिम्मेवारी हुने हुदा समाज सेवालाई नजिकबाट नियाल्ने अवसर र समय थोरै हुने भन्दै उनले ‘यस्तो कार्यक्रममा आउँदा मलाई अलिकति सन्तोष, तनावमुक्त, मानव जीवनका अरु पनि पक्ष छन् भन्ने अनुभूत भए जस्तो भएको छ।’

जीवन राजनीतिक दबाव र चुनौतिमात्रै होइन समाज सेवा, धर्म, कर्तव्य, जिम्मेवारीको अर्को झन बढी महत्वपूर्ण पाटो छ भन्ने कुराको अनुभूत गर्ने अवसर मिलेको भन्दै उनले आफूले यस्ता कार्यक्रमलाई सरकारले पनि संचालन गर्नु पर्छ भन्ने लागेको सुनाए।

 

प्रकाशित मिति: १९:५७ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्