Kathmandu Press

पूर्वसभामुख महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा

न्यायाधीश डण्डपाणि शर्माको इजलासले मुद्दाको किनारा नलागेसम्म राहुललाई थुनामा पठाउन आदेश दिएको हो ।
पूर्वसभामुख महराका छोरा राहुल पुर्पक्षका लागि थुनामा

काठमाडौं, असोज २६ : भेपमार्फत सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले राहुललाई थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश डण्डपाणि शर्माको इजलासले मुद्दाको किनारा नलागेसम्म राहुललाई थुनामा पठाउन आदेश दिएको हो ।

२०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा राहुल पक्राउ परेका थिए।

यही प्रकरणमा जिल्ला अदालत काठमाडौंले लोकेन्द्र पौडेललाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

तस्करले भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि राहुलसहितको समूहले छुटाउन दबाब दिएको थियो।

यो प्रकरणमा पक्राउ परेका राहुलसहित ४ जनामाथि आपराधिक विश्वासघात, भन्सार चोरी तथा संगठीत अपराध सम्बन्धी कसुरको आरोपमा मुद्दा चलेको थियो।

प्रकाशित मिति: १९:३३ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्