Kathmandu Press

काेशीमा मुख्यमन्त्री नियुक्तिपूर्व भाेलि हस्ताक्षर सनाखत गरिने

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्की र समर्थन गरेको दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर भोलि हस्ताक्षर सनाखत गर्ने बताएका छन्।
काेशीमा मुख्यमन्त्री नियुक्तिपूर्व भाेलि हस्ताक्षर सनाखत गरिने

मोरङ, असोज २६ : कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्की र समर्थन गरेको दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर भोलि हस्ताक्षर सनाखत गर्ने बताएका छन्।

माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसमभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन्।

त्यसअघि कोशी प्रदेश प्रमुखलाई दबाबका लागि कांग्रेस प्रदेश सांसद केदार कार्की पक्षधर कांग्रेस सांसद र एमालेसहित ४७ सांसदहरू प्रमुखको कार्यालय पुगे थिए।

उनीहरु प्रदेश संसद सचिवालयमा जम्मा भएर प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।

एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ जनाको हस्ताक्षरसहित कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै बिहीबार हस्ताक्षर बुझाएपछि कोशीको राजनीतिले नयाँ मोड लिएको हो।

निर्धारित समय घर्किन लाग्दा समेत मुख्यमन्त्री नियुक्त नगरेको भन्दै दबाब दिन प्रदेश प्रमुखको कार्यालय पुगेको जनाइएको छ।

प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्