नेपालको एकताबद्ध भविष्य कांग्रेसमा निर्भर : नेता सिटौला

काठमाडौं, असाेज २६ : नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कांग्रेसबाहेक अरु दलले राष्ट्रलाई एकताबद्ध गर्न नसक्ने दाबी गरेका छन्।
शुक्रबार ‘राजनीतिक उपलब्धि र आजको चुनौती’ विषयक विचार गोष्ठीमा उनले नेपाली कांग्रेसले नै भविष्यमा सबै राजनीतिक दललाई एकताबद्ध गरी देशलाई समृद्धितर्फ लैजाने भन्दै उनले कांग्रेस त्यसको लागि सक्षम बन्नुपर्ने धारणा राखे।
राष्ट्रलाई एकताबद्ध गर्ने जिम्मेवारी कांग्रेसको भएको उनको भनाइ छ। विगतमा कांग्रेसले ऐतिहासिक नेतृत्व गरेको र भविष्यमा पनि देशको जिम्मेवारी कांग्रेसले नै लिनुपर्ने भन्दै उनले भने, ‘राष्ट्रलाई एकताबद्ध गर्ने जिम्मेवारी कांग्रेसको हो। अरुले गर्न सक्दैनन्। यथार्थ यही हो। इतिहासले सिद्ध गरेको र वर्तमान पनि त्यही हो। नेपालको एकताबद्ध भविष्य नेपाली कांग्रेसमै निर्भर छ।’
सबै राजनीतिक दललाई एकताबद्ध गर्न कांग्रेसको आवश्यकता भएको र त्यसका लागि आफैंभित्रबाट कांग्रेसले क्षमता निर्माण गर्नुपर्न उनको धारणा छ।
‘कांग्रेसले सबै राजनीतिक पार्टीलाई एकताको सूत्रमा आवद्ध गरेर देशलाई नेतृत्व प्रदान गर्न सक्नुपर्छ। त्यो क्षमता, त्यो ल्याकत र कौशलता कांग्रेसले आफैंभित्रबाट निर्माण गर्न सक्नुपर्छ र सिङ्गो देशलाई डोर्याएर समृृद्धिको बाटोमा लैजान सक्नुपर्छ,’ सिटौलाले भने।




-1784031842.jpg)




-1784031842.jpg)

