Kathmandu Press

आरजु भन्छिन्, ‘कांग्रेसलाई एकताबद्ध नगरे इतिहासले हामीलाई सराप्छ’ 

शुक्रबार ‘राजनीतिक उपलब्धि र आजको चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै उनले कांग्रेस एकजुट हुनुपर्ने धारणा अघि सारिन्। 
आरजु भन्छिन्, ‘कांग्रेसलाई एकताबद्ध नगरे इतिहासले हामीलाई सराप्छ’ 

काठमाडौं, असाेज २६ : नेपाली कांग्रसकी नेतृ आरजु राणा देउवाले कांग्रेसलाई एकताबद्ध गरेर अगाडि नबढे इतिहासले कांग्रेस नेतृत्वलाई सराप्ने बताएकी छन्। 

शुक्रबार ‘राजनीतिक उपलब्धि र आजको चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै उनले कांग्रेस एकजुट हुनुपर्ने धारणा अघि सारिन्। 

उनले कांग्रेसले जति उपलब्धि कुनै पनि देशमा कुनै पनि पार्टीले नगरेको भन्दै सत्मार्गमा लागेर कांग्रेसलाई एकताबद्ध नगरे कांग्रेसको गरेको उपलब्धिलाई नयाँ पुस्ताले सराप्ने बताइन्।

राणाले प्रजातात्रिक आन्दोलनदेखि जनआन्दोलन र गणतन्त्र स्थापनाको लागि नेपाली कांग्रेसको पुरानो पुस्ताले जेलनेल सहेर पार्टीलाई अहिलेको अवस्थामा ल्याएको बताइन्।

उनले भनिन्, ‘त्यो समयका नेताहरुले कसरी पार्टीलाई एकतबद्ध गरेर ल्याए होला। बोल्न पनि गाह्रो थियो। त्यही पनि दुःख कष्ट सहेर पारिवारिक जीवनलाई त्यागेर देशलाई यहाँसम्म ल्याउनु भएको हो। त्यस्तो गाह्रो समयदेखि यहाँसम्म ल्याएको पार्टीलाई अहिले हामीले एकबद्ध गरेर नलगे इतिहासले सराप्छ। हाम्रो पुस्तालाई सराप्छ।’

उनले प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको कांग्रेस र बनाएको संविधानमा लोकतन्त्र, समाजवाद र राष्ट्रियतामा विश्वास गर्छौ भनेर लेखेर पनि त्यसमा कसैले प्रयास गर्न नसकेको उल्लेख गरिन्। उनले एकले अर्कोलाई ढुंगा हान्न पुरानो नेतृत्वले नसिकाएको जिकिर गरिन्। 

पार्टीलाई प्रजातन्त्र स्थापनादेखि गणतन्त्रसम्म आइपुग्दा पुरानो नेतृत्वले सबै चुनौतीको सामना गरेर आजको अवस्थामा ल्याएको तर नयाँ नेतृत्वले त्यसको मूल्यांकन सही रुपमा नगरेको गुनासो राणाको छ। 

नेतृत्वको कार्यशैलीमा सामाजिक सञ्जालबाटै आफ्नो असन्तुष्टि पोख्दै आएका देउवा इतरको समूहलाई लक्षित गर्दै राणाले थपिन्, ‘पुरानो पुस्ताको पार्टी नेतृत्वले धेरै कुराको त्याग गरेर पार्टीलाई यहाँसम्म ल्याउनुभएको हो। अहिले हामी एउटा शब्दमा चित्त बुझेन भने दुई सेकेण्डमा फेसबुक स्टाटस हाल्दिने, गाली गर्दिने, त्यो बेलामा बोल्न पाउने अवस्था पनि थिएन।’
 

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्