Kathmandu Press

‘कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैन’

‘कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैन’

काठमाडौं, असाेज २६ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले परास्त गर्न नसक्ने बताएका छन्।

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर ६ काठमाडौंले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेस अहिले पनि बलियो रहेको र कांग्रेस एकजुट भए सबै दलहरु एक जुट भए पनि कसैले परास्त गर्न नसक्ने बताएका हुन्।

उनले कांग्रेसका समर्थक र शुभेच्छुकहरुले माया गरेका कारण आफू अहिलेको स्थानमा आएको भन्दै आफूले पनि सम्मान गर्ने बताए। आफूलाई भाषण गर्न नआउने र आफुले आफूले बोल्ने कुरा हृदयबाट आउने उनले बताए। कोइरालाले जनतालाई छुनेगरी दीर्घकालीन योजना बनाएर कांग्रेस अघि बढ्नुपर्ने धारणा राखे।

त्यस्तै कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राज्यसंयन्त्रकोे मूल्याङ्कन गर्दा संविधानले परिकल्पना गरेअनुसार काम गर्न नसकेको बताए। कांग्रेसभित्र सुधार गरेर एकतावद्ध भए अहिले पनि कांग्रेसजस्तो भरपर्दो र विश्वासिलो पार्टी अरु कुनै नरहेको उहाले बताए।

पार्टीभित्र सबैतिर पुनरावलोकनको आवश्यकता रहेको र अर्कोलाई खोटमात्र देखेर नभई आफूलाई नै सुधारेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्