Kathmandu Press

कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न गौतमकाे प्रस्ताव, पाण्डेकाे ठाडाे असहमति

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै गौतमले वर्तमान सरकारले मुलुकको बिभिन्न समस्या समाधान गर्न नसकेको भन्दै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका हुन्।
कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न गौतमकाे प्रस्ताव, पाण्डेकाे ठाडाे असहमति

काठमाडौं, असाेज २६ : नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै गौतमले वर्तमान सरकारले मुलुकको विभिन्न समस्या समाधान गर्न नसकेको भन्दै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका हुन्।

उनले वर्तमान सरकारप्रति आशा भरोसा गरे पनि अहिले आम जनतामा देखिएको निराशालाई चिर्न नसकेको बताए। सामान्य जनजिविकाका बिषयमा पनि सरकारले कुनै नदेखाएको उनले बताए। 

उनले भने, ‘यो सरकार हामीले सरकार बनाउनको लागि मात्र बनाएको होइन। प्रधानमन्त्री र मन्त्री बन्नको लागि मात्र बनाएको होइन। सरकारले मुलुकलाई स्थिरता देओस्, सुशासान देओस् र भ्रष्टाचारमुक्त बनाएर जनतामा छाएको घोर निरासालाई चिरोस् भनेर सरकार बनाएका हौं।’

गौतमको भनाइको प्रतिवाद गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कामकारबाहीको बचाउ गरे। ‘सरकार सुशासन र सेवा प्रवाहमा दृढताका साथ अगाडि बढेको छ, यो अझ सशक्त बनोस्,’ उनले भने।

मुलुकको आर्थिक अवस्था सुधार हुन नसकेको कांग्रेस सांसद गौतमको भनाइप्रति लक्षित गर्दै माओवादी सांसद पाण्डेले भने, ‘देशको आर्थिक स्थिर अवस्थामा छ। यसलाई गतिशील बनाउनुपर्ने छ। उत्पादनमा जोड दिनपर्ने हुन्छ। प्राकृतिक स्रोतको उपयोग बढाउनुपर्छ।’

पाण्डेले संविधानमा उल्लेख विषयहरुलाई कार्यान्वयन गर्दै देशलाई अघि बढाउनुपर्ने बताए। उनले मुलुकमा देखिएका समस्या समाधानका लागि सबै एकीकृत भएर लाग्नुपर्नेमा जोड दिए। अहिले राष्ट्रिय सरकारको विषयमा चर्चा गर्ने बेला नभएको उनको भनाइ छ। पाण्डेले संघीयतालाई बलियो बनाउन तीनवटै तहको सरकारबीच समन्वयन र सहकार्य आवश्यक रहेको धारणा राखे।

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्