गैरीगाउँ हत्या प्रकरण : जीवित रहेसम्म कैदमै राख्न मागसहित भण्डारीविरुद्ध कर्तव्य ज्यान मुद्दा
भण्डारीमाथि क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा भण्डारीलाई जीवित रहेसम्म कैदमा राख्न मागदावीसहित जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
काठमाडौँ, असोज २६ : राजधानीको गैरीगाउँस्थित दिव्या सःमिलमा चार जनाको हत्या प्रकरणमा पक्राउ परेका सञ्जय भण्डारीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।
भण्डारीमाथि क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा भण्डारीलाई जीवित रहेसम्म कैदमा राख्न मागदावीसहित जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रहरी प्रतिवेदन अनुरुप दर्ता गरिएको अभियोगपत्रमा अभियुक्त सञ्जय भण्डारीले घटनाका सम्बन्धमा कसुर कबुल गरेको, घटनास्थलमा भण्डारीको उपस्थिति देखिएको, मोबाइलको लोकेशन तथा सिसीटिभी फुटेजबाट पनि भण्डारीको उपस्थिति पुष्टि भएको भन्दै निजलाई आजिवन कैदमा राख्न माग दाबी लिइएको छ।
प्रहरी अनुसन्धानबाट चारजनाको हत्यामा भण्डारी संलग्न रहेको प्रमाण पुष्टि भएको जनाइएको छ। वारदतामा प्रयोग भएका हतियार तथा कपडा लगायतका अन्य प्रमाण पनि पुष्टि भएको अभियोगपत्रमा उल्लेल छ। चारजनाको क्रूर तथा निर्ममतापूर्वक हत्या भएका कारण आरोपी भण्डारीलाई जीवित रहेसम्म जेलमै राख्न मागदावी लिइएको हो।

-1784031842.jpg)