Kathmandu Press

नेपाल एयरलाइन्सको टिकट कालोबजारीमा बिक्री भइरहेको छ : सांसद खतिवडा

नेपाल एयरलाइन्सको टिकट कालोबजारीमा बिक्री भइरहेको छ : सांसद खतिवडा

काठमाडौं, असाेज २६ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल एयरलाइन्सका टिकटहरु कालोबजारीमा बिक्री भइरहेको बताएका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। नेपाल एयरलाइन्स अहिले पनि ४८ अर्बभन्दा बढी घाटामा रहेकोमा सरकारले ध्यान दिई नेपाल एयरलाइन्सलाई सरकारको एयरलाइन्स बनाउन माग गरे। 

उनले भने, ‘नेपाल एयरलाइन्सका टिकटहरु मङ्गो छन्। कालोबजारीमा बिक्री भइरहेका छन्। एयरलाइन्स अहिले पनि ४८ अर्बभन्दा बढी घाटामा छ। यसबारे सरकारको ध्यान जाओस्। नेपालको एयरलाइन्सलाई सरकारको एयरलाइन्स बनाउनुपर्‍यो।’

उनले बजारमा महङ्गी र कालोबजारी बढेको भन्दै यसको नियन्त्रणमा सरकारलाई अगाडि बढ्न आग्रह गरे। 
 

प्रकाशित मिति: १५:३४ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्