Kathmandu Press

‘ढिलो भए पनि कुरा सुनिदिएकाेमा सरकारलाई धन्यवाद, विपीन जोशीलाई खाेज्न पहल गरिदिनुहाेला’  

‘हामीलाई लाग्यो मर्ने नै हो तर त्यो भन्दा पहिला नेपालमा रहेका आफ्ना परिवारको लागि सोचेर एउटा इभेन्ट चलाऔँ भनेर फेसबुकमा भिडियो बनाएर हाल्यौं। ढिलो भए पनि हाम्रा कुरा सुनिदिनुभयो।’
‘ढिलो भए पनि कुरा सुनिदिएकाेमा सरकारलाई धन्यवाद, विपीन जोशीलाई खाेज्न पहल गरिदिनुहाेला’  

काठमाडौं, असाेज २६ : इजरायल–हमास द्वन्द्वमा फसेका १५४ जना नेपालीको सरकारले आज बिहान सबेरै उद्धार गरी सुरक्षीत नेपाल ल्याएको छ। 

द्वन्द्वबाट बच्न बंकर लगायतका स्थानमा बसेका एक विद्यार्थीको समुहले उनिहरुको तत्काल उद्दार नहुने स्थिति देखेपछि इजरायल द्वन्द्वमा परी मर्नुभन्दा पहिला परिवारलाई सूचना दिने भनेर सामाजिक सञ्जालबाट आफूले भिडियो बनाएर फेसबुकमार्फत पोस्ट गरेको विद्यार्थी लुईस रिजालले बताएका छन्। 
उक्त भिडियोलाई नेपाल सरकारसम्म पुग्न केही क्षण पनि लागेन।

इजरायलमा फसेका अन्य देशका नागरिकलाई उनीहरुको सरकारले उद्दार गरी लगे पनि नेपालबाट त्यतिन्जेल (झन्डै ४८ घण्टा) सम्म कुनै पनि पहल नगरेको अवस्थामा आफूहरु त्यहि मर्ने स्थिति आएको र मर्नुभन्दा पहिला घरपरिवारलाई जानकारी गराउन विषम परिस्थितिमा त्यहाँको अवस्थाबारे आफूले भिडियो बनाएर फेसबुकमार्फत पोस्ट गरेको लुइसको भनाई छ। 

आज त्रिभूवन विमानस्थलमा ओर्लिएपछि खुशी हुँदै उनले भने, ‘सबै देशबाट आफ्ना नागरिकलाई उद्दार गर्न पहल गरिसकेका थिए। त्यो समयमा हाम्रो देशबाट केही पहल भएको थिएन। हामीलाई लाग्यो मर्ने नै हो तर त्यो भन्दा पहिला नेपालमा रहेका आफ्ना परिवारको लागि सोचेर एउटा इभेन्ट चलाऔँ भनेर फेसबुकमा भिडियो बनाएर हाल्यौं। ढिलो भए पनि हाम्रा कुरा सुनिदिनुभयो।’

उनले इजरायल द्वन्द्वमा सम्पर्कविहीन आफ्ना साथी विपीन जोशीलाई छिटो खोजिदिन सबैलाई आग्रह गरेका छन्। हमासले इजरायलमा गरेको आक्रमणमा परि १० नेपाली विद्यार्थीको मृत्यु भएको छ। उनीहरुको शवलाई सरकारले नेपाल ल्याउने प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: १५:२५ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्