सभापति देउवाले डाके आकस्मिक बैठक, काेसीमा केही कांग्रेस सांसदकाे कदमबारे छलफल हुने
आज ३ बजे बैठक बस्ने गरी कार्यसम्पादन समितिका सदस्यहरुलाई बोलाइएको छ। बैठक देउवाको निजी निवास, धुम्बाराहीमा बस्ने तय भएको भएको छ।
काठमाडौं, असोज २६ : पछिल्लो विकसित राजनीतिक घटनाक्रममा छलफल गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक डाकेका छन्।
आज ३ बजे वैठक बस्ने गरी कार्यसम्पादन समितिका सदस्यहरुलाई बोलाइएको छ। बैठक देउवाको निजी निवास, धुम्बाराहीमा बस्ने तय भएको भएको छ।
बैठकमा विशेषगरी कोशी प्रदेशमा कांग्रेस सांसदहरुले चालेको कदमका विषयमा गम्भीर छलफल हुने जनाइएको छ।
कोसीको मुख्यमन्त्रीमा गठवन्धन तर्फबाट नेकपा माओवादीका इन्द्र आङबो र कांग्रेस कोशीका सांसद केदार कार्कीको मुख्यमन्त्री दाबी पेश भएको छ। कांग्रेस कार्यसम्पादन समितिले गम्भीर छलफलपछि एउटा निश्कर्षमा पुग्ने भएको छ।
प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1784031842.jpg)
