Kathmandu Press

आर्थिक संकट र चुनौतीलाई क्रान्तिमा बदल्न सरकारको ध्यानाकर्षण 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले उत्पादन पद्धतिमा नै नयाँ ढंगले सोच्नु पर्ने संरचनागत परिवर्तन अनिवार्य भएको बताए। 
आर्थिक संकट र चुनौतीलाई क्रान्तिमा बदल्न सरकारको ध्यानाकर्षण 

काठमाडौं, असाेज २६ : नेकपा माओवादीका सांसद माधव सापकोटाले आजको आर्थिक संकट र चुनौतीलाई संरचनागत परिवर्तनमार्फत आर्थिक क्रान्तिमा बदल्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले उत्पादन पद्धतिमा नै नयाँ ढंगले सोच्नु पर्ने संरचनागत परिवर्तन अनिवार्य भएको बताए। 

उनले भने, ‘औद्योगिक क्षेत्रको अवस्था निकै खस्किएको छ, ५० प्रतिशत खेतीयोग्य जमिन बाँझो छ। त्यसैले उत्पादन पद्धतिमा नै नयाँ ढंगले सोच्नु पर्ने संरचनागत परिवर्तन अनिवार्य हुन गएको देखिन्छ।

आजको आर्थिक संकट र चुनौतीहरुलाई संरचनागत परिवर्तनमार्फत् आर्थिक क्रान्तिमा बदलौं।’
 
प्रकाशित मिति: १५:०२ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्