भेडासिङमा दसैंकाे व्यापार [फाेटाेफिचर]
दसैंको सम्मुखमा देशका मुख्य बजारमा लत्ताकपडा, जुत्ता, झोला आदिको व्यापारले तीव्रता पाइरहँदा जमरा राख्न चाहिने विभिन्न सामग्रीको व्यापार पनि बढेको छ।![भेडासिङमा दसैंकाे व्यापार [फाेटाेफिचर]](https://kathmandupress.com/uploads/posts/bhedasingh-1697182965.jpg)
काठमाडौं, असोज २६ : नेपालीहरूको महान् चाड दसैं घरदैलोमै आइपुग्न लागिसकेको छ। पर्सि अर्थात् असोज २८ गते आइतबार दसैंको पहिलो दिन घटस्थापना हो। नवरात्रि आरम्भ हुने उक्त दिन बिहानै खोलामा गएर नुहाधुवाइ गरेर बालुवा ल्याई माटो मिसाएर मकै, गहुँ, जौ आदिको जमरा राख्ने प्रचलन छ।

दसैंको सम्मुखमा देशका मुख्य बजारमा लत्ताकपडा, जुत्ता, झोला आदिको व्यापारले तीव्रता पाइरहँदा जमरा राख्न चाहिने विभिन्न सामग्रीको व्यापार पनि बढेको छ। काठमाडौंको विभिन्न स्थानलगायत भेडासिङमा जमरा राख्न चाहिने माटो, मकै, गहुँ, जौलगायत अन्य विभिन्न सामग्री बिक्री गर्ने र खरिद गर्नेको भिड लागेको छ।










प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)