राप्रपाले कोशी सरकार गठनमा कसैलाई समर्थन नगर्ने
बैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कोसी प्रदेशको घटनाक्रमलाई नजिकबाट नियाल्ने र उपयुक्त समयमा आवश्यक निर्णय लिने बताए।
काठमाडाैं, असाेज २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीले कोसी सरकार गठनमा तत्काल कसैलाई समर्थन नगर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय धुम्वाराहीमा शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले अहिले सरकार गठनका क्रममा राप्रपाको मतको आवश्यकता नरहेको देखिएको र कुनै पक्ष तथा विपक्षमा नलाग्ने निर्णय गरेको हो। बैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कोसी प्रदेशको घटनाक्रमलाई नजिकबाट नियाल्ने र उपयुक्त समयमा आवश्यक निर्णय लिने बताए।
कोसीमा एमाले र कांग्रेस मिलेर नै सरकार बनाउनुपर्नेमा राप्रपाको जोड रहेको र त्यहि अनुसार दावी पनि देखिएको उहाको भनाइ छ। बैठकमा राप्रपाको आन्दोलनका विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)