घर फर्कँदाको खुसी [फोटोफिचर]
इजरायलको बंकरबाट बिहीबार राति मातृभूमि आइपुगेका नेपालीको अनुहार खसीले बेचैन थियो। बम र बारूदबाट भाग्दै–भाग्दै बाँचेर आफ्नो देश फर्किंदा कोही खुसीले रोइरहेका थिए भने कोही कराइरहेका थिए।![घर फर्कँदाको खुसी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/kathmandupress-1697175928.jpg)
काठमाडाैं, असाेज २६ : जहाजले जब नेपाली भुँई टेक्यो, यात्रुहरू ताली पड्काउन थाले, खुसीले कराउन थाले । यसपटक यात्रुको त्यो होहल्लामा विमानका चालक र क्याबिन क्रु पनि खुसी थिए।
शुक्रबार बिहान साढे दुई बजे द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरूलाई उद्धार गरेर फर्किएको जहाज अवतरण हुँदा त्रिभुवन विमानस्थलमा यात्रुको खुसी आँखाबाटै छचल्कियो।

बंकरबाट उम्किएर मातृभूमि आइपुगेको खुसी। बम र बारूदबाट भाग्दै–भाग्दै बाँचेर आफ्नो देश फर्किंदाको खुसी । भोक, प्यास र सन्त्रासबाट मुक्ति पाएर घर फर्किंदाको खुसी । सँगै गएको साथी गुमाएर आफू आफ्नी आमाको काखमा फर्किंदाको खुसी। खुसीले कोही भक्कानिए, कोही कराए र कोही चिच्याए।
आफन्तको अँगालोमा बाँधिएर आफू बाँचेकोमा एकपटक खुसी मनाए । सरकारले पढाई र रोजगारीकालागि इजरायल पुगेका २५४ जना नागरिकलाई हवाई उद्धार गरेर स्वेदश फिर्ता ल्याएको छ।

इजरायलमा हमास आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने एक जना अझै सम्पर्कविहीन छन्।
सरकारले उद्धार र स्वदेश फिर्ताकालागि दूतावासमार्फत् आवेदन माग गरेकोमा ५५७ जनाले दूतावासमा सम्पर्क गरेका थिए । त्यसमध्ये ५०३ जना स्वदेश फर्किन चाहन्थे। उनीहरूमध्ये २५४ जनालाई शुक्रबार विमानमार्फत् उद्धार गरेर स्वदेश फर्काइएको परराष्ट्रमन्त्री एनपी साउदले बताए।



-1697175967.jpg?timestamp=1697176002595)
-1697175965.jpg?timestamp=1697176002595)
-1697175967.jpg?timestamp=1697176002595)
(1)-1697175960.jpg?timestamp=1697176002595)


-1697175966.jpg?timestamp=1697176002595)
(2)-1697175961.jpg?timestamp=1697176002595)


-1697175946.jpg?timestamp=1697176002636)



(2)-1697175960.jpg?timestamp=1697176002595)
-1697175965.jpg?timestamp=1697176002595)
-1697175970.jpg?timestamp=1697176002595)
-1697175971.jpg?timestamp=1697176002595)
-1697175969.jpg?timestamp=1697176002595)
(1)-1697175968.jpg?timestamp=1697176002595)
-1697175953.jpg?timestamp=1697176002636)

-1697175961.jpg?timestamp=1697176002595)











-1784031842.jpg)