Kathmandu Press

कांग्रेस सांसद भन्छन्– माओवादीले हाम्रो हस्ताक्षर दुरुपयोग गर्‍यो

शेखर कोइराला पक्षका ८ जना कांग्रेस प्रदेशसभा सदस्यले आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराउँदै उनको कार्यालयमा निवेदन दिएका छन्।
कांग्रेस सांसद भन्छन्– माओवादीले हाम्रो हस्ताक्षर दुरुपयोग गर्‍यो

मोरङ, असोज २५ : कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने क्रममा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सांसदहरुले विरोध गरेका छन्।

कांग्रेसको शेखर कोइराला पक्षका ८ जना प्रदेशसभा सदस्यले आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराउँदै उनको कार्यालयमा निवेदन दिएका छन्।

एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका दीपक कार्कीलाई समर्थन गर्नेमा इलामका शमशेर राई र गोविन्द गिरी, उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन्।

माओवादीका आङबोले पनि उनीहरुकै हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि आफूहरुको हस्ताक्षर दुरुपयोग भएको कांग्रेस सभासदहरुको भनाइ छ।

कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९ जना प्रदेश सांसद छन् । तीमध्ये ८ जनाले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका छन्।

केन्द्रमा गठबन्धन दलहरुका शीर्ष नेताहरुले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति जनाएपछि विद्रोह गर्दै कांग्रेसको कोइराला समूहका कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

 

प्रकाशित मिति: २०:३१ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्