Kathmandu Press

झापामा महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड, एक जना पक्राउ

पहिचानवादी समूहका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले कार्यक्रममा पार्किङमा एमाले नेता कार्यकर्ताका गाडीमा तोडफोड गरेका हुन्।
झापामा महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड, एक जना पक्राउ

झापा, असोज २५ : झापामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा आएका नेता–कार्यकर्ताहरुको गाडी तोडफोड भएको छ।

झापाको अर्जुनधारामा बिहीबार पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी अधिवेशन आयोजना गरिएको थियो।

सोही कार्यक्रममा पहिचानवादी समूहका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले कार्यक्रममा पार्किङमा एमाले नेता कार्यकर्ताका गाडीमा तोडफोड गरेका हुन्।

कार्यक्रम सञ्चालन भइरहेका बेला पार्किङमा राखिएको गाडी तोडफोड भएको प्रहरीले जनाएको छ। कार्यक्रममा अवरोध गर्ने प्रयास समेत भएको थियो।

गाडी फुटाउन संलग्नमध्ये प्रसाईँनिकट विक्रम सुब्बालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौंमा केही दिनअघि प्रसाईंमाथि मोसो दलेर दुर्व्यवहार गरिएको थियो। उक्त घटनामा युवा संघका कार्यकर्ता सहभागी रहेको खुलेको थियाे।

 

प्रकाशित मिति: १८:३४ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्