‘सरकार लाचार छ, यसबाट केही आशा गर्न सकिन्न’
‘सरकारको नालायकीपनको पराकाष्टा भएको र भारतमुखी भएको कारणले यसरी छिमेकी राष्ट्रको प्रधानमन्त्री नेपालको भूभागमा जानकारी नै नदिई आउँदा पनि सरकार लाचार भएर टुलुटुलु हेरिरहेको छ। यो सरकारबाट हामी के आशा राख्ने,’ सांसद सिंहले भने।
काठमाडौं, असोज २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले, बिना जानकारी छिमेकी राष्ट्रको प्रधानमन्त्रीले नेपालको भूभागको भ्रमण गर्दा पनि सरकार लाचार भएर बसेको भन्दै आक्रोश पोखेका छन्।
बिहीबार प्रतिनिधिसभापछि सञ्चारकर्मीहरुको कुराकानी गर्दै उनले सरकारको नालायकीपनको पराकाष्टा प्रकट भएको दाबी गर्दै भारतमुखी सरकारबाट केही पनि आशा नभएको बताए।
‘नेपाल सरकारको नालायकीपनको पराकाष्टा भएको र भारतमुखी भएको कारणले यसरी छिमेकी राष्ट्रको प्रधानमन्त्री नेपालको भूभागमा जानकारी नै नदिई आउँदा पनि सरकार लाचार भएर टुलुटुलु हेरिरहेको छ। यो सरकारबाट हामी के आशा राख्ने,’ सांसद सिंहले भने।
गठबन्धन सरकारले ज्यानमाराहरुलाई पनि आम माफि दिएको भन्दै उनले सरकारमा जान हुन्न भन्ने पक्षमा आफू रहेको बताए।
‘अहिलेको यो गठबन्धन सरकारले जसले आम माफि दियो ज्यानमाराहरुलाई, यसरी आम माफी दिएर यो सन्देश दिएपछि र हिजो पनि हामीले यो सरकारमा जादैँनौ भनेर राजीनामा दिएपछि अहिले यो गठबन्धन सरकारले जान पर्छ भन्नु जरुरी छैन्,’ उनले भने, ‘अहिलेको यो सरकारमा जान हुन्न भन्ने पक्षमा म छु।’











-1784031842.jpg)