Kathmandu Press

कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका आङ्बोकाे दाबी पेस

आज साँझ उनले कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।
कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका आङ्बोकाे दाबी पेस

काठमाडौं, असोज २५ : कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन्।

आज साँझ उनले कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।

खापुङलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन रहेकाे छ। ती दलकाे हस्ताक्षरबाट उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। बिहीबार नै नेपाली कांग्रेसका नेता केदार कार्कीले एमालेकाे समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

कोशी मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन्। समयसीमाकाे अघिल्लाे दिन नै आङ्बोले दाबी पेस गरेका हुन्।

प्रकाशित मिति: १७:३४ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्