Kathmandu Press

एमालेको समर्थनमा कोशीको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्कीकाे दाबी

एमालेको समर्थनमा कोशीको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्कीकाे दाबी

विराटनगर, असोज २५ : नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन्।

कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेर दाबी पेस गरेका हुन्।

काेशीमा एमालेका ४० सांसद छन् भने कार्कीले कांग्रेसकै ९ जनाकाे समर्थन जुटाएका छन्। ९२ सदस्यीय काेशी प्रदेशसभामा मुख्यमन्त्रीमा दाबी गर्न कम्तीमा ४७ सांसद चाहिन्छ। यस हिसाबले कार्कीले ४९ सांसद जुटाएका छन्।  

कोशीमा कांग्रेसका २९ सांसद छन्, जसमध्ये ९ जनाले कार्कीलाई समर्थन गरेका हुन्। पार्टीले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि केही कांग्रेस सांसदहरुले विरोध जनाएक थिए। 

कोशी मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन्। समयसीमाकाे अघिल्लाे दिन नै कार्कीले दाबी पेस गरेका हुन्।

प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्