उद्घोषणमा जम्दै शर्मा जी प्युठान
दर्जन बढी ब्युटी पेजेन्ट उद्घोषण, कैयौं महोत्सव कार्यक्रममा कार्यक्रम संचालकको भूमिका लगाएत बिभिन्न स्थानमा हुने सांगीतिक कार्यक्रमामा उद्घोषणको भूमिका निर्वाह गरिरहेका छन्।
काठमाडौं, साउन १६ : सायरीका लाईन, गजलका शेयर अनि मुक्तकका प्रहर१ कायक्रम उद्घोषणको सुरुवातीमै यी मिठा लाईनहरुले नै शर्मा जी प्युठानले कार्यक्रममा उपस्थितिको ध्यान तान्छन अनि बोल्छन माईकमा अनवरत रुपमा। पछिल्लो समय ब्युटी पेजेण्टका कार्यक्रम होस् या महोत्सव शर्मा जि को माग स्टेजमा बढ्दो छ।
प्युठान जिल्लाको दाखाक्वाडिमा जन्मिएका सुनिल कुमार शर्मा आफुलाई शर्मा जि प्युठान भनेर चिनिन रुचाउँछन्। भन्छन्, ‘मलाई आफु जन्मेको ठाउँ आफैसँग जोडिरहन मन लाग्छ।’
स्कुले जीवनका परिक्षामा कहिल्यै दोस्रो हुन् नजानेका शर्मा जी अतिरिक्त क्रियाकलापमा अनि अरु भन्दा अगाडी नै थिए। वक्तृत्वकला, कविता लेखन प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, छिटफुट खेलकुद प्रतियोगितामा उनलाई खाली हात फर्किनु पर्ने थिएन।

स्कुलको शुक्रबारीय कार्यक्रम गर्न उनी सधै अघि सर्थे। माध्यामिक शिक्षा पश्चात उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ आएपछि उनी केहि समय भने अध्ययन बाहेक अन्य कार्यक्रममा सहभागी भएनन्।
त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर पास गरेका शर्मा जि प्युठान पछिल्लो समय नेपाली कला क्षेत्रमा सक्रिय छन्। दर्जन बढी ब्युटी पेजेन्ट उद्घोषण, कैयौं महोत्सव कार्यक्रममा कार्यक्रम संचालकको भूमिका लगाएत बिभिन्न स्थानमा हुने सांगीतिक कार्यक्रमामा उद्घोषणको भूमिका निर्वाह गरिरहेका छन्।
स्कुलका साना कार्यक्रम होस् या ठुला ब्युटी पेजेण्ट अनि सांगीतिक कार्यक्रम, माया गरेर कार्यक्रम उद्घोषणको लागि अनुरोध गरे सकभर उनी नकार्दैनन। समाजसेवामा पनि उत्तिकै सक्रिय उनी भन्छन , ‘कतिपय गैरनाफामूलक, सामाजिक उत्तरदायित्व बहन गर्ने खालका कार्यक्रममा म उद्घोषणको पैसा लिँदनँ।’

देशभर उद्घोषणमार्फत स्टेज हल्लाएका शर्मा जीलाई विदेशमा नेपालीले गर्ने बिभिन्न कार्यक्रमहरुमा पनि उद्घोषणको अफर आउँ थालेका छन्।
आफ्नै मिडिया कम्पनी संचालन गरेर पविभिन्न म्युजिक भिडियो निर्माण गरिरहेका शर्मा जि ले केहि गीतहरुको शब्द कोरेर बजारमा ल्याएका छन् भने केही गीतहरुको भिडियो पनि निर्देशन गरिसकेका छन्।












