कृषकलाई सहुलियतपूर्ण विजुलीको व्यवस्था गर्न समितिको सरकारलाई निर्देशन
राज्यको तर्फबाट दिइएको विजुलीको सहुलियत सुविधा कृषि उपज लगाउने क्षेत्रमा विस्तार हुन नसकेको बताउँदै समितिले उक्त निर्देशन दिएको हो । कृषि उपज लगाउने क्षेत्रका विद्युत प्रशारणको व्यवस्था मिलाई कृषि फसलको उत्पादन, प्रशोधन र भण्डारणमा कृषि मिटर (विद्युत) को सहुलियत दिन निर्देशनमा भनिएको छ।
काठमाडौं, असोज २५ : संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषकहरुको कृषि उपज लगाउने क्षेत्रमा सहुलियतपूर्ण बिजुली प्रयोग गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
राज्यको तर्फबाट दिइएको विजुलीको सहुलियत सुविधा कृषि उपज लगाउने क्षेत्रमा विस्तार हुन नसकेको बताउँदै समितिले उक्त निर्देशन दिएको हो । कृषि उपज लगाउने क्षेत्रका विद्युत प्रशारणको व्यवस्था मिलाई कृषि फसलको उत्पादन, प्रशोधन र भण्डारणमा कृषि मिटर (विद्युत) को सहुलियत दिन निर्देशनमा भनिएको छ। समितिको बुधबारको निर्णय अनुसार उर्जा, जलस्रोत तथा सिंचाईं र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका नाममा निर्देशन दिइएको छ।
सरकारबाट विद्युत सहुलियत प्रदान गरिएका किसानहरुले प्रयोग गर्ने बिजुलीको महसुलमा छुट दिँदा घरमा जडान भएको मिटरमा मात्र छुट दिइएको तर किसानहरुले राज्यको तर्फबाट प्रदान गरेको सहुलियत सुविधा उनीहरुको कृषि उपज लगाउने क्षेत्रमा विस्तार हुन नसकेको स्थितिलाई मध्येनजर गर्दै उक्त निर्देशन दिइएको हो।
समितिको वैठकको निर्णय अनुरुप निर्देशनको बुंदा नम्वर ३ मा सरोकारवाला मन्त्रालयलाई निर्देशन दिइएको छ । किसानहरुको मर्कालाई संवोधन गर्नेगरी समितिको निर्देशन सम्बद्ध मन्त्रालयमा गइसकेको जनाइएको छ ।











-1784031842.jpg)