Kathmandu Press

गैर आवासीय नेपाली नागरिकता प्रयोगमा कानूनी अस्पष्टता छ : सांसद पुन

बिहीबार प्रतिनिधिसभाको बैठमा विशेष समयमा बोल्दै उनले गैर आवासीय नेपाली नागरिकतामा आगामी दिनमा आवश्यक कानून, नियम र केही कार्य विधिहरु जारी गर्न सरकारलाई ध्यानाकर्षण गराए। 
गैर आवासीय नेपाली नागरिकता प्रयोगमा कानूनी अस्पष्टता छ : सांसद पुन

काठमाडौं, असाेज २५ : नेकमा माओवादी केन्द्रका सांसद वर्षमान पुनले गैरआवासीय नेपाली नागरिकता प्रदान गरे पनि कानुनी स्पष्टता आवश्यक भएको बताएका छन्। 

बिहीबार प्रतिनिधिसभाको बैठमा विशेष समयमा बोल्दै उनले गैर आवासीय नेपाली नागरिकतामा आगामी दिनमा आवश्यक कानून, नियम र केही कार्य विधिहरु जारी गर्न सरकारलाई ध्यानाकर्षण गराए। 

उनले भने,‘गैर आवासिय नेपाली नागरिकता प्रदान गरेको छ सरकारले त्यसलाई कानूनी रुपले कसरी प्रयोग गर्ने भन्ने अस्पष्टता अझै पनि रहेका छन्। त्यसतर्फ सरकारले आगामी दिनमा आवश्यक कानून, नियम र केही कार्य विधिहरु छिटै जारी गर्न सरकारको ध्यानाकर्षण गर्न चहान्छु। ’
अर्को प्रसंगमा उनले नेपालको अर्थतन्त्र अझैपनि चलायमान हुन नसकेको बताएका छन्। 

नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै अर्थतन्त्र चलाएमान गराउँन र निजी क्षेत्रको मनोबल बढाउँन सरकारले कडा कदम चाल्न आवश्यक रहेको उनको भनाई छ।  

उनले भने,‘लगानी ल्याउने वातावरण सहज होस भन्न चहान्छु। सरकारले हाम्रो आर्थिक अवस्था के हो अर्थ मन्त्रालयले समग्र सरकार र मन्त्रिपरिषद्ले यसबारे बोल्नु पर्छ। हाम्रो अर्थतन्त्र चलायमान हुन सकेको छैन्, समस्याहरु धेरै छन्। एउटा बोल्ड कदमको आवश्यकता छ। जसले अर्थतन्त्र चलाएमान गराउँन सकोस, निजी क्षेत्रको मनोबल बढाउँन सकोस।’ 
 
प्रकाशित मिति: १६:०१ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्