भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यबिना देशले आर्थिक समृद्धिकाे फड्को मार्न सक्दैन : गृह श्रेष्ठ
उनले अहिलेको राष्ट्रिय कार्यभार पूरा गर्न राजनीतिक नेतृत्वले सहमतिका साथ काम गरेर मुलुकलाई एकतबद्ध रुपमा अघि बढाउनुपर्ने बताए।1696070175.jpg)
काठमाडाैं, असाेज २५ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिक परिवर्तनको औचित्य मुलुकको आर्थिक विकास र समृद्धिले पुष्टि गर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघले बिहीबार काठमाडौंमा आयोजना गरेको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यविना देशको आर्थिक समृद्धि फड्को मार्न नसक्ने र राजनीतिक परिवर्तनको औचित्य पुष्टि नसक्ने बताएका हुन्।
मुलुकको समृद्धि र विकासको प्रक्रियालाई तीव्रता दिएर शिक्षा, स्वास्थ्य रोजगारी लगाएतका जिवनका आवश्यकताहरु जनताले पूर्ति गर्ने अवस्था ल्याउनुपर्ने उनले बताए। उनले अहिलेको राष्ट्रिय कार्यभार पूरा गर्न राजनीतिक नेतृत्वले सहमतिका साथ काम गरेर मुलुकलाई एकतबद्ध रुपमा अघि बढाउनुपर्ने बताए।
अपराध, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको स्थापना गर्ने अहिलेको कार्यदिशाको प्रमुख अंग गरेको उहाको भनाइ छ। उनले सुशासनको अभियानलाई कमजोर पार्ने प्रयन्त भइरहको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासनको अभियान बलियो बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए।
कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला तामाङलाई नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।











-1784031842.jpg)