स्थानीय तहका कर्मचारी आन्दोलनमा दमन भएको भन्दै एमालेद्वारा निन्दा

काठमाडौं, असाेज २५ : नेकपा एमालेका प्रमुख सचेतक, पदम गिरीले स्थानिय तहका कर्मचारीहरुको शान्तिपूर्ण आन्दोलनमा सरकार निर्ममतापूर्वक दमनमा उत्रिएको आरोप लगाएका छन्।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा उनले, स्थानिय तहका कर्मचारीहरुको आन्दोलनमा सरकारको कदमको निन्दा गरेका छन्। उनले भने, ‘स्थानिय तहका कर्मचारीले गरेका शान्तिपूर्ण आन्दोलनमा सरकार निर्ममतापूर्ण दमनमा उत्रिएको छ। धेरै कर्मचारीहरु घाईते भएका छन्। सरकारको उक्त कदमको निन्दा गर्न चहान्छु।’
यस्तै, उनले चाडपर्वको अवसरमा सरकारले चिनीको अभाव गरेर कालो बजारीलाई प्रश्रय दिएको भन्दै जनताले सहज रुपमा पाउँनु पर्ने सामानको सहज आपूर्तिको माग गरे।
उनले भने, ‘चाडपर्वको अवसरमा चिनिको अभाव सिर्जना गरिएको छ। नेपालका उद्यामीहरुसँग प्रयाप्त मात्रामा चिनी छ तर त्यो बजारमा आउँन सकेको छैन्। र बजारमा कालो बजारी मौलाएको छ। सरकारले त्यस्तो कालो बजारीलाई प्रसय दिने काम गरेको छ। जनतामाथि यती ठूलो खेलवाड नगरोस र जनताले सहज रुपमा पाउँनु पर्ने सामानलाई यस्तो प्रकारले बञ्चित नगरियोस भन्न चहान्छु ।’











-1784031842.jpg)