Kathmandu Press

पूर्वराज्यमन्त्री साहको भ्रष्टाचार मुद्दा: बहस सकियो, फैसला आएन

काठमाडौं, फागुन १४ : पूर्वराज्यमन्त्री सञ्जयकुमार साहको भ्रष्टाचार सम्बन्धी मुद्दामा दुवै पक्षको बहस सकिएको छ। तर, बहस सकिए पनि फैसला भने बुधबार ....

पूर्वराज्यमन्त्री साहको भ्रष्टाचार मुद्दा: बहस सकियो, फैसला आएन

काठमाडौं, फागुन १४ : पूर्वराज्यमन्त्री सञ्जयकुमार साहको भ्रष्टाचार सम्बन्धी मुद्दामा दुवै पक्षको बहस सकिएको छ। तर, बहस सकिए पनि फैसला भने बुधबार नै आउन सकेन। 

प्रतिवादीको संख्यासँगै प्रमाण र मिसिल ठूलो भएको दुई वटा मुद्दा भएकाले पनि न्यायाधीशलाई  फैसला गर्न ढिलाइ हुने भएकाले मुद्दालाई भोलि (बिहीबार) का लागि हेर्दाहेर्दैमा राखिएको विषेश अदालत काठमाडौंको प्रशासनले जनाएको छ।

साहविरूद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतका न्यायाधीशत्रय कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले फैसला गर्नेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागले साहविरूद्ध छुट्टा–छुट्टै दुई वटा भ्रष्टाचारका मुद्दा दायर गरेका थिए। तीमध्ये अख्तियारले साहसहित ७ र विभागले साहसहित १३ जनालाई प्रतिवादी बनाएका थिए। 

Hardik ivf

अदालतले दुवै मुद्दालाई एकसाथ राखेर सुनुवाइ गरिरहेकाले पनि फैसलामा ढिलाइ हुने भएको छ। भौतिक पूर्वाधार राज्यमन्त्री भएका बेला पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै २५ पुस ०७३ मा ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रुपैयाँ विगो, जरिवाना तथा कैद सजायको माग राखी मुद्दा दायर गरेको थियो।

यस्तै, सम्पत्ति शुद्धिकरण विभागले पनि उनीसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरेको थियो। साह भने जनकपुर बम विस्फोट गराउनेमा मुख्य योजनाकार भएको भन्दै जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको थियो। सो फैसलाअनुसार उनी अहिले जेलमा छन्।

१८ वैशाख ०६९ मा मिथिला राज्य संघर्ष समितिको विरोध कार्यक्रममा जनकपुरको रामानन्द चोकमा बम विष्फोट भएको थियो। सो विस्फोटमा परी कलाकार रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो। उक्त बमकाण्डमा दोषी ठहर गर्दै धनुषा जिल्ला अदालतले साहसहित मुकेश चौधरी, रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाएको थियो।

भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुँदा साहले पदको दुरुपयोग गरी ३१ करोड ५० लाख २६ हजार ५६९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

यस्तै, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि १६ चैत ०७४ मा साहसहित १३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो। कर्तव्य ज्यान, अपहरण, बम विष्फोटन, जवरजस्ती चन्दा असुलीलगायत आपराधिक कार्य गरी गैरकानुनी रुपमा ३२ करोड ४ लाख ५० हजार ३०४ रुपैयाँ बराबरको चलअचल सम्पत्ति तथा साधन आर्जन गरेको भन्दै विभागले मुद्दा दायर गरेको थियो।

विभागले साहका बाबु साधुसाह सुडी, आमा दुलारी देबी साह, श्रीमती रंगीला कुमारी साह, भाइ रामकुमार साह, मनोजकुमार सिंह, नीलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डेलगायतलाई प्रतिवादी बनाएको थियो।

प्रकाशित मिति: २०:१४ बजे, बुधबार, फागुन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्