Kathmandu Press

स्टे अर्डर हुँदाहुँदै पनि सडक विस्तार, हेटौँडामा घर–जग्गाधनीहरूको आन्दोलन

घरधनीहरूको भनाइमा, अदालतले विवादित क्षेत्रको सडक विस्तार तत्काल रोक्न दिएको आदेश कार्यान्वयन हुनुपर्नेमा उल्टै केही स्थानमा डोजर परिचालन भएका कारण उनीहरू आन्दोलन गर्न बाध्य बनेका हुन्।
स्टे अर्डर हुँदाहुँदै पनि सडक विस्तार, हेटौँडामा घर–जग्गाधनीहरूको आन्दोलन

मकवानपुर, मंसिर २२ : सर्वोच्च अदालतको स्टे अर्डर जारी रहे पनि हेटौँडामा सडक विस्तारको काम अघि बढाइएकामा आपत्ति जनाउँदै घर–जग्गाधनीहरू आज आन्दोलनमा उत्रिएका छन्।

प्रभावितहरूले प्रशासन र सम्बन्धित निकायले न्यायालयको आदेशको अवमानना गर्दै संरचना हटाउने कार्य सञ्चालन गरेको दाबी गरेका छन्।

घरधनीहरूको भनाइमा, अदालतले विवादित क्षेत्रको सडक विस्तार तत्काल रोक्न दिएको आदेश कार्यान्वयन हुनुपर्नेमा उल्टै केही स्थानमा डोजर परिचालन भएका कारण उनीहरू आन्दोलन गर्न बाध्य बनेका हुन्।\

 

Photo-1765195343.jpeg

प्रदर्शनकारीहरूले लालपूर्जाको वैधानिकता, नक्सा–सीमा मिलान, उचित क्षतिपूर्तिको अभाव र ‘अवैध रूपमा बल प्रयोग गरेर विस्तार अघि बढाइएको’ आरोपसहित जिल्ला प्रशासन कार्यालय अगाडि विरोध जनाए।

घरधनीहरूले अदालतको आदेशको पूर्ण पालना र क्षतिपूर्ति स्पष्ट नहुँदासम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

Photos-(4)-1765195344.jpg

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, मंसिर २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्