Kathmandu Press

वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं

‘अब नेपालले निकासको बाटो लिएर विकासको गतिमा अघि बढ्नुपर्छ भन्ने हाम्रो कुरा हो। यो व्यवस्था फाल्नुपर्छ भन्ने माग हो। त्यो भएन भने हामी पनि विद्रोह गरौंला,’ उनले भने, ‘अहिले जनता सचेत भइसकेका छन् हतियार बोक्नु पर्दैन् । यो देशलाई आज राजसंस्था आवश्यक छ।’
वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं

काठमाडौं, मंसिर २२ : मेडिकल व्यवसायी दुर्गा प्रसाईले व्यवस्था फाल्नु पर्छ भन्ने माग पूरा नभए विद्रोह पनि गर्ने चेतावनी दिएका छन्। 

सोमबार प्रधानमन्त्रीसँग वार्तामा जानुभन्दा अगाडि पत्रकारहरुसँग बोल्दै उनले यो देशमा वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक रहेको भन्दै माग पूरा नभए विद्रोह पनि गर्ने बताए।

‘अब नेपालले निकासको बाटो लिएर विकासको गतिमा अघि बढ्नुपर्छ भन्ने हाम्रो कुरा हो। यो व्यवस्था फाल्नुपर्छ भन्ने माग हो। त्यो भएन भने हामी पनि विद्रोह गरौंला,’ उनले भने, ‘अहिले जनता सचेत भइसकेका छन् हतियार बोक्नु पर्दैन। यो देशलाई आज राजसंस्था आवश्यक छ।’

उनले देशमा धर्मनिरपेक्षता ल्याउने, धर्म सापेक्ष मुलुक हिन्दु राष्ट्र हटाउने, राजसंस्था हटाउने भन्ने म्यान्डेट ल्याउने बदमासी पहिलाका सरकारले गरेकाले  अहिलेको सरकारले त्यो कुरा सच्चाउनुपर्ने पनि बताए।  

‘हामीले प्रस्ताव त २०७९ साल फागुन १ गतेदेखि नै राखि रहेका छौं। लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, सर्वहारा वर्ग, भुइँमान्छे, उत्पीडन वर्ग माग सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘र २०६२, ०६३ मा जनआन्दोलन पश्चात देशमा धर्मनिरपेक्षता, संघीयता र राजसंस्थाको विषयमा बोलिसकेका छौं।’
 

प्रकाशित मिति: १७:५५ बजे, सोमबार, मंसिर २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्