Kathmandu Press

गोकर्णेश्वरमा प्रहरीले गोली चलाउँदा एकजना घाइते

गोकर्णेश्वर–९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो। लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
गोकर्णेश्वरमा प्रहरीले गोली चलाउँदा एकजना घाइते

काठमाडौं, असोज २५ : काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ। गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

गोकर्णेश्वर–९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो। लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको प्रहरी उपरीक्षक रेग्मीले बताए। 'लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा आत्मरक्षाका लागि जवाफी फायर गर्दा घनाल घाइते भएका हुन्,' उनले भने।

घाइते भएका घनालको एनएम्स अस्पताल जोरपाटीमा उपचार भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसैगरी उक्त घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उनीहरुको साथबाट सात राउण्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताए।

 

प्रकाशित मिति: १४:५७ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्