विश्वविद्यालयको स्तर वृद्धि गर्न सांसद पौडेलको आग्रह
बिहीबार प्रतिनिधिसभाको शुन्य समयमा उनले नेपालमा नै पठनपाठनको सहज वातावरण बनाउँने विश्वास जगाउन पनि नेपालमा रहेका विश्वविद्यालयहरुलाई स्तरिकरण गर्न आवश्यक रहेको बताएका हुन्।
काठमाडौं, असाेज २५ : नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले,सरकालाई नेपालमा रहेका विश्वविद्यालयको स्तर वृद्धिमा ध्यान दिन सुझाव दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको शुन्य समयमा उनले नेपालमा नै पठनपाठनको सहज वातावरण बनाउँने विश्वास जगाउन पनि नेपालमा रहेका विश्वविद्यालयहरुलाई स्तरिकरण गर्न आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘हाम्रो विश्वविद्यालयहरुको स्तरिकरण गर्ने र नेपालमा नै पठनपाठनको व्यवस्था गर्ने विश्वास जगाउँने र नेपालमा नै त्यस प्रकारको शिक्षा प्राप्त गर्नका निम्ति सहज वातावरण बनाउँने तिर सरकारको गम्भीर ध्यान जानका लागि अनुरोध गर्छु।’ सम्भावित परिस्थितिजन्य घट्नामा सरकार सर्तक रहनु पर्ने उनको भनाइ छ।
‘सम्भावित थप त्यहाँ हुन सक्ने र संसारभरी त्यस्तो प्रकारका परिस्थितिजन्य रुपमा आउन सक्ने घट्नामा सरकार सर्तक रहेर नेपाली नागरीकलाई सुरक्षीत बनाउने ,फिर्ता बोलाउँने र नेपालमा नै बसेर अध्ययन गर्ने गरि आत्माविश्वास जगाउँने सरकारले बिशेष पहल गर्न अनुरोध गर्दछु।’

-1784031842.jpg)