सामाजिक सञ्जालबाट हुने ठगी नियन्त्रण गर्न सरकारसँग सांसद पौडेलको माग
बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले टिकटक, ईन्टा ,फेसबुक लगायतका सामाजिक सञ्जालमा सामानको विज्ञापन गरी किन्न लगाउँने र अनलाइनको माध्यमबाट भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने र खाता बन्द गर्ने जस्ता ठगीका काम भइरहेको भन्दै सरकारले तत्काल ठगीको अन्त्य गर्न गर्नुपर्ने बताए।
काठमाडौं, असाेज २५ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजिक सञ्जालको माध्यमबाट व्यापारको ठगी धन्दा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले टिकटक, ईन्टा ,फेसबुक लगायतका सामाजिक सञ्जालमा सामानको विज्ञापन गरी किन्न लगाउँने र अनलाइनको माध्यमबाट भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने र खाता बन्द गर्ने जस्ता ठगीका काम भइरहेको भन्दै सरकारले तत्काल ठगीको अन्त्य गर्न गर्नुपर्ने बताए।
उनले भने, ‘पछिल्ले समय ठगिको नयाँ धन्दा सुरु भएको छ। टिकटक, ईन्टा ,फेसबुक लगायतका सामाजिक सञ्जालमा सामानको विज्ञापन गर्ने किन भन्ने र पैसा अनलाइनको माध्यमबाट भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने र खाता बन्द गर्ने यसरी ठगी धन्दा सुरु भएको छ। सरकारले तत्काल सम्बन्धित निकायलाई सक्रिय बनाएर प्रविधिको माध्यमबाट गर्ने ठगिको अन्त्य गरोस् र कारबाही गरोस्।’
उनले सरकारले चाडवाडमा भएको मूल्य वृद्धिलाई नियन्त्रण गर्न नसक्दा जनतामा आशा पनि कम हुँदै गएको बताए

-1784031842.jpg)