Kathmandu Press

इजरायलको एयरपोर्टमा मातृभूमी फर्कन तयार नेपालीहरू [तस्बिरहरू]

विमान इजरायलमा स्थानीय समयाअनुसार बिहान ११ बजेर १० मिनेट जाँदा अवतरण हुने र त्यहाँ दुई घण्टा बस्ने परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक जोशीले बताए।
इजरायलको एयरपोर्टमा मातृभूमी फर्कन तयार नेपालीहरू [तस्बिरहरू]

काठमाडौं, असाेज २५ : इजरायलबाट नेपाल फर्किन चाहने नेपाली तेलअभिभ एयरपोर्टमा भेला भएका छन्। हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एयरलाईन्स पुग्ने भएपछि २ सय ५० जना नेपाली त्यहाँ पुगेका हुन्। नेपाल फर्किन लागेका विद्यार्थी लुईस रिजालले नेपालीहरु एयरपोर्टमा जम्मा भएको जानकारी दिएका छन्। 

2-1697102739.jpg

इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। पहिलो चरण २५० नेपालीलाई ल्याइने र बाँकीलाई पछि व्यावसायिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयको भनाइ छ। नेपाल एयरलाईन्सको जहाज केहीबेरमा त्यहाँ पुग्दैछ। विमान इजरायलमा स्थानीय समयाअनुसार बिहान ११ बजेर १० मिनेट जाँदा अवतरण हुने र त्यहाँ दुई घण्टा बस्ने परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक जोशीले बताए।

4-1697102740.jpg

त्यसपछि २५० नेपाली लिएर जहाज स्थानीय समयाअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा फेरि दुबईका लागि उड्नेछ। त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ। हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।

Photo-(1)-(3)-1697100568.jpg

Photo-(4)-1697100567.jpg

Photo-(3)-1697100567.jpg

3-1697102739.jpg

1-(1)-1697102739.jpg

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्