चालक अनुमतिपत्र नवीकरण अनलाइनबाटै, मन्त्री ज्वालाले गरे शुभारम्भ
बिहीबार ललितपुरको एकान्तकुनामा सवारी चालक अनुमतिपत्रको अनलाईन राजश्व भुक्तानी सहितको विधुतीय सेवा प्रवाह प्रणाली विस्तार सेवाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले शुभारम्भ गरे।
काठमाडाैं, असाेज २५ : सवारी चालक अनुमतिपत्र लाइसेन्सको नवीकरण, वर्ग थप र राजस्व भुक्तानी अनलाइन प्रक्रियाबाटै गर्न सकिने भएको छ।
बिहीबार ललितपुरको एकान्तकुनामा सवारी चालक अनुमतिपत्रको अनलाईन राजश्व भुक्तानी सहितको विधुतीय सेवा प्रवाह प्रणाली विस्तार सेवाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले शुभारम्भ गरे।
विधुतीय सेवा प्रवाह प्रणाली विस्तार सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनतालाई सहज रुपमा सेवा दिनका लागि सेवा शुभारम्भ सुरु गरिएको बताए। उनले सहयोगका नाममा सेवाग्रहीहरुलाई दुख दिने काम गरेको भन्दै कर्मचारीहरुले नै यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे। कर्मचारीहरुले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन बिचौलियाहरु कम हुँदै जाने उनको भनाइ छ।
त्यस्तै मन्त्री ज्वालाले आगामी ६ महिनामा सवारी चालक अनुमतिपत्र बितरणको काम सहज हुने बताउनुभयो। छिटै १२ लाख स्मार्ट लाइसेन्स आउने र त्यसपछि स्मार्ट लाइसेन्सको अभाव हट्ने दाबी गरे। त्यस्तै बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लम्सालले वर्षमा औसत ६ लाख यातायात कार्यालयमा आउने गरेको भन्दै उनीहरुलाई सहज रुपमा सेवा दिन कर्मचारीहरु तत्पर हुनुपर्ने बताए। यातायात कार्यालयप्रति जनमानसको सोचाइलाई परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ।
उनले यातायात सम्बन्धी सम्पूर्ण सेवाहरुलाई सहज रुपमा बढाउनका लागि आवश्यक तयारी भइसकेको बताए। सरकारले उपत्यकापछि देशैरभर यातायात कार्यालयलाई अनलाइन मैत्री बनाउने तयारी गरेको छ।











-1784031842.jpg)