भारतीय प्रधानमन्त्री मोदी कालापानी हुँदै कैलाश पर्वत र पार्वती सरोवरमा, सदनमा विराेध
नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदीले नेपाली सीमाभित्र रहेको गुन्जी क्षेत्रमा भ्रमण गरेको जनाइएको छ। बिहीबार बिहान साढे ९ बजे मोदी उक्त क्षेत्रमा पुगेका थिए। गुन्जी नेपाली नक्सामा समेटिको गाउँ हो।
काठमाडौं, असोज २५ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी क्षेत्र हुँदै कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेका छन्।
नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदीले नेपाली सीमाभित्र रहेको गुन्जी क्षेत्रमा भ्रमण गरेको जनाइएको छ। बिहीबार बिहान साढे ९ बजे मोदी उक्त क्षेत्रमा पुगेका थिए। गुन्जी नेपाली नक्सामा समेटिको गाउँ हो।
भारतीय सञ्चरमाध्यमका अनुसार मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका छन्। भारतीय प्रधानमन्त्री मोदी उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीसहित कालापानी क्षेत्र पुगेका छन्।
औपचारिक जानकारीबिना मोदीको नेपाल भ्रमणलाई लिएर सदनमा विरोध पनि भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आएकोबारे सदनलाई जानकारी गराउन सरकार र परराष्ट्र मन्त्रालयसंग माग गरे।
उनले मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारको कुनै औपचारिकता हुदैँन् ? भन्दै यसको जवाफ सदनलाई छिटो भन्दा छिटो दिन माग गरे।
सांसद विनिता कठायतले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका साथ कालापानी क्षेत्रमा पुगेको खबर प्राप्त भएको भन्दै परराष्ट्रमन्त्रीलाई त्यसबारे जानकारी गराउन ध्यानाकर्षण गराइन्।











-1784031842.jpg)