Kathmandu Press

न्यायाधीशको अभावमा लामिछानेविरुद्धको मुद्दा स्थगित 

लामिछानेविरुद्धको मुद्दामा यसअघि जिल्ला अदालत काठमाडौंमा मुद्दाको पेशी तय भएको थियो।
न्यायाधीशको अभावमा लामिछानेविरुद्धको मुद्दा स्थगित 

काठमाडौं, असोज २५ : विहीबारका लागि तोकिएको क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश अभावका कारण स्थगित भएको छ। 

लामिछानेविरुद्धको मुद्दामा यसअघि जिल्ला अदालत काठमाडौंमा मुद्दाको पेशी तय भएको थियो।

गोला प्रक्रियामा जाँदा हाल कायम रहेका न्यायधाीशमध्ये लामिछानेविरुद्धको मुद्दा कसैलाई नपरेका कारण स्थगितमा परेको जनाइएको छ। सरुवा भएर आउनुपर्ने न्यायाधीशहरु आइनपुगेका कारण मुद्दाको सुनुवाईमा समस्या भएको हो।

बालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको यसअघि पनि पटकपटक स्थगित भएको थियो। 
 
प्रकाशित मिति: १३:१६ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्