Kathmandu Press

राष्ट्रपति पौडेलद्वारा  उपराष्ट्रपति  यादवको स्वास्थ्यलाभको कामना

राष्ट्रपति पौडेलद्वारा  उपराष्ट्रपति  यादवको स्वास्थ्यलाभको कामना

काठमाडौँ, असोज २५  : राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन्।

राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका हुन्।

राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरेकाे राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए। 

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्