Kathmandu Press

उपराष्ट्रपति यादवलाई डेंगु, अस्पताल भर्ना

एक्कासि बान्ता आउने तथा ज्वरो लगायत स्वास्थ्य समस्या देखिएपछि यादवलाई अस्पताल लगिएको थियो। परीक्षणबाट डेंगु संक्रमण पुष्टि भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ।
उपराष्ट्रपति यादवलाई डेंगु, अस्पताल भर्ना

काठमाडौं, असोज २६ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। उपराष्ट्रपति यादवलाई बुधबार बेलुका बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको हो।

एक्कासि बान्ता आउने तथा ज्वरो लगायत स्वास्थ्य समस्या देखिएपछि यादवलाई अस्पताल लगिएको थियो। परीक्षणबाट डेंगु संक्रमण पुष्टि भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ।

उपराष्ट्रपति यादवको अवस्था स्थिर रहेको छ। यसैविच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई टेलिफोन मार्फत स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित मिति: १२:४१ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्