Kathmandu Press

लगानी सुरक्षा राज्यको दायित्व हो : सभापति लामिछाने 

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघबीचको अन्तरक्रियामा उनले, आफ्नो लगानीको सुरक्षाका लागि कुनै नेताको पछि लाग्नु पर्ने अवस्था आउनु दुखद भएको उनको उनको भनाई छ। 
लगानी सुरक्षा राज्यको दायित्व हो : सभापति लामिछाने 

काठमाडौं, असाेज २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, लगानीको सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघबीचको अन्तरक्रियामा उनले, आफ्नो लगानीको सुरक्षाका लागि कुनै नेताको पछि लाग्नु पर्ने अवस्था आउनु दुखद भएको उनको उनको भनाई छ। 

‘भोली तपाईहरुले लगानी गर्दा तपाईलाई सुरक्षा दिने काम राज्यको नितीको हो कुनै नेताको हैन्। कुनै नेताले तपाईलाई संरक्षण दिनुपर्ने बाध्यता नबनोस। देशले लिएको नीतिले तपाईहरुलाई संरक्षण गरोस्। ’

उनले सहि नियत नीति र नेतृत्व बनाएर काम गर्नुपर्ने बताए। एनआरएनको लगानी नेपालमा ल्याउनको निम्ती जे गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको उनको भनाई छ। 

उल्टो धारो बग्नुहुँदैन विभिन्न राजनीतिक दलहरुमा धाउने प्रवृतिको अन्त्य गर्नु पर्ने उनको भनाइ छ। 
 
प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्