Kathmandu Press

रिगलविरुद्धको रिटमा प्रधानन्यायाधीशसहितको पूर्ण इजलास, बहस सुरु  

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा अहिले सुनुवाइ चलिरहेको छ। 
रिगलविरुद्धको रिटमा प्रधानन्यायाधीशसहितको पूर्ण इजलास, बहस सुरु  

काठमाडौं, असोज २५ : ज्यान मुद्दाका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकालको कैद माफीविरुद्ध पीडित परिवारले दायर गरेको रिटमाथि सुनुवाइका लागि विहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तय भएको छ। अहिले सुनुवाइ चलिरहेको छ। 

नेपालगञ्जको सडकमा रिगल समेतको समूहले खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेको अभियोगमा जन्मकैद तोकिएका रिगललाई सरकारको सिफारिसमा माफी मिनाहा दिइएको बताउँदै मृतककी पत्नी भारती शेर्पा मानन्धरले रिट दायर गरेकी थिइन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा अहिले सुनुवाइ चलिरहेको छ। 

यसअघि सर्वोच्चले अदालतले राष्ट्रपति कार्यालयबाट सम्पूर्ण सक्कल फाइल झिकाएको थियो। सर्वोच्चले उक्त प्रकरणमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल आफैं उपस्थित भएर बहस गर्न भनेको थियो। रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक नेपालगन्ज उपमहानगरपालिका-८ का २९ वर्षीय मानन्धरको खुँडा प्रहार गरी हत्या गरेको दाबी पीडितको छ। 
 

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्