राजनीति पार्टीको गोटी बन्नु हुँदैन, राष्ट्रको लागि सोच्नु पर्छ : मन्त्री रिजाल
‘कुनै पनि राजनीति पार्टीको गोटी कोही पनि बन्न हुँदैन। यो मुलुक रहे आर्थिक समृद्धि रहे हामी राजनीतिक पार्टी हौं। हैन भने हामी कुनै राजनीतिक पार्टीको व्यक्ति बन्न सक्दनौं।’
काठमाडौं, असोज २५ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कोही पनि राजनीतिक पार्टीको गोटी बन्न नहुने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले मुलुक रहे र आर्थिक समृद्धि रहे मात्र आफुहरु रहने तर्क गर्दै राजनीतिक पार्टीको गोटी बन्न नहुने बताए। ‘कुनै पनि राजनीति पार्टीको गोटी कोही पनि बन्न हुँदैन। यो मुलुक रहे आर्थिक समृद्धि रहे हामी राजनीतिक पार्टी हौं। हैन भने हामी कुनै राजनीतिक पार्टीको व्यक्ति बन्न सक्दनौं।’
उनले समग्रमा सबै एक ठाउँमा बसेर मुलुक निमार्ण गर्नुपर्ने बताएका छन्। निजी क्षेत्रले हात उठाइदियो भने हामी सबै डुब्छौं उनको भनाई छ।
‘कृषिलाई उद्योगको हिसाबले लाने हैन भने यो मुलुक आत्मनिर्भर बन्न सक्दैन। यो २ कठ्ठा २ रोपनीबाट हामीले आम्दानी गर्न सक्छौँ भन्ने सोच बदल्न सकेनौ। भने हामी अगाडि बढ्न सक्दनौं।’
कृषिलाई उद्योगको हिसाबले लाने हैन भने मुलुक आत्मनिर्भर बन्न नसक्ने बताएका उनले निजी क्षेत्रलाई उकासेर अगाडि बढ्नु आवश्यक रहेको बताए।











-1784031842.jpg)