Kathmandu Press

अलपत्र विद्यार्थीहरूलाई स्वदेश ल्याउँन परराष्ट्रमन्त्री साउद इजराइल प्रस्थान

असोज २० गते प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणका कारण  समस्यामा परेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद गएराति इजरायल गएका छन् ।
अलपत्र विद्यार्थीहरूलाई स्वदेश ल्याउँन परराष्ट्रमन्त्री साउद इजराइल प्रस्थान

काठमाडौं, असोज २५ : इजरायलमा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई सरकारले आज स्वदेश ल्याउँदै छ । 

असोज २० गते प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणका कारण  समस्यामा परेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद गएराति इजरायल गएका छन् ।

मन्त्रालयको कार्यतालिका अनुसार विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र पहिलो चरणमा आज २ सय ५४ विद्यार्थी मात्र ल्याइने  जनाएको छ । 

निगमको एयरबस ३३० जहाज स्थानीय समयअनुसार आज बिहान ९ः१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाएका थिए ।
 
प्रकाशित मिति: ०८:०१ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्