Kathmandu Press

बझाङमा पुनः भूकम्पको धक्का 

५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । 
बझाङमा पुनः भूकम्पको धक्का 

काठमाडौं, असोज २५ : बझाङमा गएराति भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । 

उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।  

प्रकाशित मिति: ०७:५४ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्