Kathmandu Press

बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए राजीनामा 

चिकित्सकहरुकोसात वर्षदेखि बढुवा रोकिएको तथा नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि रोकिएको बताउँदै आन्दोलनरत चिकित्सकहरुले सामूहिक राजीनामा दिएका हुन्।
बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए राजीनामा 

काठमाडौं, असोज २४ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक सय ७७ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन्। चिकित्सकहरुकोसात वर्षदेखि बढुवा रोकिएको तथा नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि रोकिएको बताउँदै आन्दोलनरत चिकित्सकहरुले सामूहिक राजीनामा दिएका हुन्।

उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका हुन्। यसअघि चिकित्सकहरुले गत मंगलबार प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको भन्दै स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। समाधानको उपाय नसुल्झिएपछि सामुहिक राजिनामा आएको हो। 

चिकित्सकहरुले चिकित्सकको धेरै दरबन्दी खाली भए पनि सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको, दुई वर्ष यता मात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेको, विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठानपाठनमा असर परेको बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए।
 

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, असोज २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्